सोमबार, ४ भदौ, २०७५ Monday, 20 August, 2018

गल्ती स्वीकार्दै जकरबर्गले भने–फेसबुकमा भएका गल्तीमा जिम्मेवार हुनेछु 

केम्ब्रिज एनालिटिकाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानमा सघाउ पुर्याउन सहमति विना पाँच करोड फेसबुक प्रयोगकर्ताहरूबाट विवरणहरू संकलन
फाइल फोटो /गेट्टी इमेज

काठमाडौं ८ चैत । फेसबुकका संस्थापक मार्क जकरबर्गले राजनीतिक लाभका लागि  गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको सन्दर्भमा गल्ति स्वीकार्दै माफि मागेका छन् ।

राजनीतिक लाभका लागि ‘केम्ब्रिज एनालिटिका’ले गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको तथ्य सार्वजनिका भएपछि उनले गल्ति स्वीकार्दै माफि मागेका हुन् ।

बीबीसीका अनुसार केम्ब्रिज एनालिटिकाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानमा सघाउ पुर्याउन सहमति विना पाँच करोड फेसबुक प्रयोगकर्ताहरूबाट विवरणहरू संकलन गरेको बताइएको छ ।

यो प्रकरण बाहिर आएपछि फेसबुकका संस्थापक जकरबर्गले तेस्रो पक्षले एपमार्फत फेसबुक प्रयोगकर्ताको जानकारी लिनसक्ने कुरामा कडाइ गर्ने प्रतिबद्धतासहित आफ्नो कम्पनीले गल्ती गरेको बुधबार (हिजो) स्वीकारेका हुन् ।

उनले यस प्रकरणपछि एप बनाउने एलेक्जेण्डर कोगन, केम्ब्रिज एनालिटिकाले फेसबुकसँग विश्वासघात गरेको बताएका छन्  । उनले भने, ‘प्रयोगकर्ताहरूको विवरणको संरक्षण गर्ने जिम्मा आफ्नो भएकोले फेसबुकमा भएका कुनै पनि गल्तीका लागि आफू जिम्मेवार हुनेछु ।’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा