बिहीबार, ९ जेठ, २०७६ Thursday, 23 May, 2019

साहित्यकार राईको कथासङ्ग्रह ‘पल्टनेको फोटो’ सार्वजनिक

काठमाडौं । साहित्यकार रक्ष राईको कथासङ्ग्रह ‘पल्टनेको फोटो’ बजारमा आएको छ । 

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत र साङ्ग्रिला बुक्सद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले बुधबार सो सङ्ग्रह सार्वजनिक गरेका हुन् । 

साहित्यकार काइँलाले नेपाली भाषा, साहित्यको समृद्धिमा डायास्पोरामा रहेका स्रष्टाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बेलायतमा बसेर साहित्य चिन्तन तथा लेखनमा क्रियाशील रहेका राईको कथासङ्ग्र्रह नेपाली कथासाहित्यका क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

समालोचक प्रा डा ज्ञानु पाण्डेले ‘पल्टनको फोटो’भित्रका कथाहरूमा विचार, दर्शन र चिन्तनको सङ्गम रहेकोे बताए । नेपाली प्रतिभा प्रतिष्ठानका संयोजक प्राज्ञ शशी लुमुम्बूले खोटाङको बुइँपा पुख्र्यौली थातथलो भएका सेवा निवृत्त पूर्वब्रिटिस सैन्य राई बेलायतको वेल्समा बसेर साहित्य चिन्तन र सिर्जना कर्ममा समर्पित रहिआएको जनाइन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा