शुक्रबार, ८ चैत, २०७५ Friday, 22 March, 2019

प्रधानमन्त्री, प्रचण्ड र सिके राउतको संयुक्त सम्बोधन हुने

राष्ट्रिय सभागृहमा ‘राजनीतिक मूलधारमा आउने सहमतिको घोषणा’ कार्यक्रममा प्रधानमन्त्री ओली, प्रचण्ड र राउतले संयुक्त रुपमा सम्वोधन गर्ने ।

काठमाडौं । तराईमा पृथकतावादी गतिविधि गरिरहेका सिके राउत अखण्ड नेपाल स्वीकार गर्ने भएपछि उनलाई पार्टी प्रवेश गराउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ ।

पृथकतावादी गतिविधि छोडेर अखण्ड नेपाललाई आत्मसाथ गर्दै राजनीतिक मूलधारमा आउने सहमति भएपछि उनलाई पार्टी प्रवेश गराउन नेकपाको सचिवालय बैठक बसिरहेको हो ।

बैठक लगत्तै राष्ट्रिय सभागृहमा १ बजे आयोजित ‘राजनीतिक मूलधारमा आउने सहमतिको घोषणा’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र राउतले संयुक्त रुपमा सम्वोधन गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

बालुवाटारको सचिवालय बैठक लगत्तै प्रधानमन्त्री ओली र प्रचण्ड राष्ट्रिय सभागृह आउने भएका छन् । 

मधेसलाई अलग्गै राज्य बनाउने अभियान चलाएका राउत सर्वोच्च अदालतको आदेशमा हिजोमात्रै रिहा भएका थिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा