शुक्रबार, ८ चैत, २०७५ Friday, 22 March, 2019

भारतीय वायु सेनाको लडाकू जेट विमान दुर्घटना

फाइल फाेटाे एजेन्सी

नयाँ दिल्ली । भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । 

भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त लडाकु विमान राजस्थानस्थित भारतीय वायु सेना नल एअर बेसबाट नियमित मिशनको लागि उडेको जनाइएको छ ।

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् । 

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा