बिहीबार, ९ जेठ, २०७६ Thursday, 23 May, 2019

पाल्पाका सात महिला पत्रकार सम्मानित 

सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने अगुवा महिलालाई पनि सम्मान गरिएको थियो ।
फाइल फाेटाे / वेब

बेझाड । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पाल्पाका सञ्चारकर्मी सुशीला रेग्मी सहित सात क्रियाशील महिला पत्रकार सम्मानित भएका छन् ।

रामपुर नगरपालिकाले शुक्रबार रामपुर क्षेत्रमा रहेर पत्रकारिताको माध्यमबाट निरन्तर रूपमा समाजमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरेको हो । 

सञ्चारकर्मी रेग्मी, दैनिक पत्रका संवाददाता सीता डोटेल, सामुदायिक रेडियो रामपुरका रमा भण्डारी, सिर्जना घिमिरे, मेचीकाली दैनिकका संवाददाता बन्दना पोखरेल, रेडियो पाल्पाका कल्पना सोमै र मुना आलेलाई प्रदेस नं ५ का प्रदेशसभा सदस्य रमा घर्तीले सम्मान गरिन् ।

त्यस्तै पूर्व सञ्चारकर्मी हलिमा खातुनलाई पनि सम्मान गरिएको छ । सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने अगुवा महिलालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य घर्तीले रामपुर नगरपालिकाले महिलालाई आयआर्जनमूलक कार्यक्रममा जोड दिनुपर्ने बताइन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा