बिहीबार, ९ जेठ, २०७६ Thursday, 23 May, 2019

पल्लीमगरको आत्मकथा ‘मेरो जीवनयात्रा’

सङ्गीतविज्ञ हस्तबहादुर थापा (पल्लीमगर)को आत्मकथा ‘मेरो जीवनयात्रा’ लोकार्पित भएको छ ।
फाइल फोटो / वेब

काठमाडौं । सङ्गीतविज्ञ हस्तबहादुर थापा (पल्लीमगर)को आत्मकथा ‘मेरो जीवनयात्रा’ लोकार्पित भएको छ । रत्न पुस्तक भण्डारले बजारमा ल्याएको सो पुस्तकको पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बरालले शनिबार विमोचन गरेका हुन् ।

स्याङ्जाको एउटा विकट र पिछडिएको गाउँमा जन्मे–हुर्केका र २८ वर्ष बेलायती सेनाको ब्रिटिस गोर्खा ब्याण्डमा कामको अनुभव हासिल गरेका थापाले विसं २०३४ मा नेपाल प्रहरीमा सङ्गीत प्रशिक्षकका रूपमा सेवा शुरु गरेका थिए । उनका यसअघि ‘प्राथमिक सुरसमता मार्ग (भाग–३ सम्म)’, ‘आधारभूत स्टाफ नोटेशन तथा नेपाली पर्व, संस्कार र सांस्कृतकि धुनहरू’, ‘सरल सङ्गीत ज्ञानमाला र परम्परागत बिगुल धुनहरू’ प्रकाशित छन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा