सोमबार, ६ जेठ, २०७६ Monday, 20 May, 2019

संसदमा सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’बीच सहमतिको चर्को विरोध [भिडियो]

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिको पृष्ठभूमी र शैलीले गम्भीर प्रश्न उठेको बताएका छन् 

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिकाे सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले शंका गर्दै असहमित जनाएका छन् ।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिको पृष्ठभूमी र शैलीले गम्भीर प्रश्न उठेको बताएका छन् 

प्रतिनिधिसभाको आजको बैठकमा सांसद थापाले सहमती हुनु राम्रो भएपनि दुबै पक्षको आ–आफ्नो व्याख्या, पृष्ठभूमी र शैलीले गम्भीर प्रश्न उठेको बताएका हुन् ।

उनले सहमतिमा एक पक्षले जनमत संग्रहको विषय उठाइरहेकोले सरकारले जनमत संग्रह कसका लागि, के का लागि जवाफ दिनुपर्ने बताए । उनले भने, ‘सहमतीको बुँदाहरुमा दुबै पक्षको आ–आफ्ना बुझाइले सहमतिको पृष्ठभूमी र शैलीले गम्भीर प्रश्न उठेको छ ।’

त्यस्तै, राष्ट्रिय जनता पार्टीले औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँदै राष्ट्र विखण्डनको विषय कदापी स्वीकार्य नहुने बताएको छ । सभामुखले दिएको विशेष समयमा बोल्दै राजपा नेता महेन्द्र राय यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँदै राष्ट्र विखण्डनको विषय कदापी स्वीकार्य नहुने बताएका हुन् ।

त्यसैगरी सत्तापक्षकै नेता भीम रावलले पनि सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीचको सहमतिप्रति असहमतिव्यक्त गरेका छन् ।

नेता रावलले डा चन्द्रकान्त (सिके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्ता अभिव्यक्ति दिएको तर सहमतिपत्रमा ती अभिव्यक्ति फिर्ता लिएँ भन्ने शब्द कहीँकतै नदेखिएको भन्दै आपत्ति जनाए ।
उनले उक्त सहमति संविधानविपरीत भएकोसमते बताए । 

त्यसंगरी कांग्रेस नेता मिनेन्द्र  रिजालले सत्तापक्ष र प्रतिपक्ष दुबैले सहमतिप्रति शका गरेकाे अवस्थामा सरकार तथा गृहमन्त्रीले संसदलाइ जानकारी गराउनुपर्ने बताएका छन् । उनले देश टुक्राउने सहमति कुनै हालतमा मान्य नहुने बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा