सोमबार, ६ जेठ, २०७६ Monday, 20 May, 2019

इथियोपियन विमान दुर्घटना : आठजना चालकसहित १४९ यात्रुको निधन

एयरलाइन्सका अनुसार विमानमा १४९ यात्रु र चालक दलका आठजना सदस्य थिए । ३३ देशका नागरिक विमानमा सवार थिए ।

बीबीसी ।  इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा चालक दलका आठजना सदस्यसहित १४९ यात्रुको निधन भएको छ ।

आइतबार इथियोपियाको आदिस अबाबाबाट केन्याको नाइरोबी उडेको फलाइट नम्बर इटि–३०२को विमान दुर्घटनामा चालक दलका आठजना सदस्यसहित सबै यात्रुको निधन भएको एयरलाइन्सले पुष्टि गरेको हो

एयरलाइन्सका अनुसार विमानमा १४९ यात्रु र चालक दलका आठजना सदस्य थिए । ३३ देशका नागरिक विमानमा सवार थिए । तर, कुन–कुन देशका नागरिक थिए भन्ने जानकारी दिइएको छैन् ।

उडेको केही समयभित्र स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको एकजना प्रवक्ताले बताएका छन् । एयरलाइन्सका अनुसार उक्त विमान आदिस अबाबाबाट उडेको ६ मिनेटमा दुर्घटनामा परेको थियो ।

यसअघि एउटा विज्ञप्ति जारी गर्दै एयरलाइन्सले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको थियो । विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनास्थलमा एथियोपियन एयरलाइन्सका कर्मचारीलाई पठाइनेछ र आपत्‌कालीन सहायताका लागि सम्भावित सबै सहयोग गरिनेछ ।’

“दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति गहिरो समवेदना“ भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन् ।

अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो । सुरक्षाको दृष्टिकोणले सो एयरलाइन्सको राम्रो पहिचान छ ।

यद्यपि सन् २०१० मा बेरुतबाट उडेको सो एयरलाइन्सको एउटा विमान भूमध्यसागरमा खसेको थियो । उक्त दुर्घटनामा ९० जनाको ज्यान गएको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा