शुक्रबार, ८ चैत, २०७५ Friday, 22 March, 2019

कसैले भन्दैमा जनमतसंग्रह हुँदैन : प्रचण्ड (भिडियो)

‘जनमतसंग्रहबारे संविधानले किटेरै दुई तिहाईको बहुमत चाहिन्छ भनेको छ । त्यसैले कसैले भन्दैमा या सरकारले चाहाँदैमा त्यति सजिलै जनमत संग्रह हुँदैन् ।’

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैले भन्दैमा जनमत संग्रह नहुने स्पष्ट पारेका छन् ।

आज पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संविधानमै व्यवस्था भएको विषयमा त्यति धेरै विवाद गर्नु नपर्ने बताएका हुन् । 

अध्यक्ष ‘प्रचण्ड’ले जनअभिमत र जनमतासंग्रहबारे कुरा उठीरहेका बताउँदै त्यति धेरै विवाद गरिराख्नुपर्ने विषय नभएको बताए । उनले भने, ‘जनमतसंग्रहबारे संविधानले किटेरै दुई तिहाईको बहुमत चाहिन्छ भनेको छ । त्यसैले कसैले भन्दैमा या सरकारले चाहाँदैमा त्यति सजिलै जनमत संग्रह हुँदैन् ।’

उनले यस विषयमा अनावश्यक विवाद नगर्न पनि आग्रह गरेका छन् ।

Image may contain: 1 person

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा