शुक्रबार, ८ चैत, २०७५ Friday, 22 March, 2019

वेवारिसे पुरुषको शव फेला 

शवसँगै साइकल, बोरामा लुगाफाटा, कोदालो र खानेकुरा भेटिएको तर, स्थानीय नभएको वडाअध्यक्ष प्रकाश योञ्जनले बताए ।

सिरहा । सिरहाको धनगढीमाई नगरपालीका–९ स्थित मुसरियामा आज बिहान एक वेवारिस पुरुषको शव भेटिएको छ ।

बोरामा लुगा, कोदालो र साइकलसहित पहिचान हुन नसकेको अन्दाजी ४५–५० वर्षीय पुरुषको शव भेटिएको सप्तारी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शवसँगै साइकल, बोरामा लुगाफाटा, कोदालो र खानेकुरा भेटिएको तर, स्थानीय नभएको वडाअध्यक्ष प्रकाश योञ्जनले बताए । उनका अनुसार करिव १० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकबारे अहिलेसम्म कुनै जानकारी नखुलेकोले शव परीक्षणका लागि अस्पताल पठाउन लागिएको डिएसपी माधव खरेलले जानकारी दिए । उनले शव पहिचाहनको लागि सिमानाका जिल्लाहरुमा खबर गरेपनि अझै पहिचान हुन नसकेको बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा