बिहीबार, ९ जेठ, २०७६ Thursday, 23 May, 2019

नेतन्याहु ‘निरङ्कुश’ तथा ‘बालबालिकाको हत्यारा’ : राष्ट्रपति एर्दोगान

“हे नेतन्याहु , तिमी आफैमा भरोसा गर । तिमी एक निरङ्कुश हौ जसले सातबर्षे साना बालबालिकाको सामुहिक हत्या गरेको छ ।” 
र्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान । फाइल फाेटाे : एजेन्सी

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुलाई निरङ्कुश शासकको संज्ञा दिँदै उनले प्यालेष्टिनी बालबालिकाको सामुहिक हत्या गरेको आरोप बुधबार लगाएका छन् । 

पछिल्लो केही दिन यता इजरायली प्रधानमन्त्री र टर्कीका राष्ट्रपति एकअर्काबीच आरोप प्रत्यारोप चलिरहेको छ । 

एर्दोगानले टर्कीको इस्तानबुलमा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै भने, “हे नेतन्याहु , तिमी आफैमा भरोसा गर । तिमी एक निरङ्कुश हौ जसले सातबर्षे साना बालबालिकाको सामुहिक हत्या गरेको छ ।” 

यस पहिले इजरायली नेता नेतन्याहुले एर्दोगानलाई ‘तानाशाह’ को संज्ञा दिनुभएको थियो । टर्की र इजरायलबीच पछिल्लो केही महिना यता सम्बन्ध थप विग्रिएको छ । एर्दोगानले इजरायली नेता नेतन्याहुलाई प्यालेष्टिनी समस्याको कारकका रूपमा चित्रण गर्दै आउनुभएको छ भने उहाँले इजरायली नीतिको खुलारूपमा आलोचना गर्दै आएका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा