सोमबार, ६ जेठ, २०७६ Monday, 20 May, 2019

विप्लवको बन्द : जन्ती बसमा आगजनी, दजनौँ स्थानमा बम

बन्दकै क्रममा विप्लव समुहले पोखरा, रुपन्देही, रौतहट, दाङ, गोरखा र नवलपरासी लगायतका स्थानमा सर्वसाधारण आवतजावत गर्ने मूल बाटोमै बम राखेका छन् ।
विप्लप नेतृत्वको नेकपाका कार्यकर्ताले पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको राजिपुरमा आगजनीबाट क्षेतिग्रस्त यात्रुबाहक बस । तस्वीर : प्रकाश मिश्र घोडाघोडी रासस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै कैलालीमा बहेको जन्ती बसमा आगजनी गरेका छन् ।

प्रहरीले कैलालीबाट जन्ती बसमा आगजनी गर्ने शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार आगजनीमा बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

त्यस्तै, मकवानपुर र नवलपरासीमा दुईवटा गुडिरहेको मालबाहक ट्रकमा तोडफोड भएको छ  ।

यस्तै, बन्दकै क्रममा विप्लव समुहले पोखरा, रुपन्देही, रौतहट, दाङ, गोरखा र नवलपरासी लगायतका स्थानमा सर्वसाधारण आवतजावत गर्ने मूल बाटोमै बम राखेका छन् । प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार बम भेटिएको स्थानलाई घेराबन्दी गर्दै सेनाको बम डिस्पोजल टोली खटिएको छ ।

Image may contain: one or more people, sky and outdoorजाजरकोट सदरमुकाम स्थित भेरी नगरपालिका स्थित ठाँटीबजारमा हतियार सहित गस्ती गदै नेपाली सेना । तस्वीर हेमन्त केसी ,जाजरकोट, रासस

पोखराको सभागृह चोक र लेखनाथ भण्डारी रंगशाला नजिकै भेटिएको सकेट बम सेनाले निस्कृय पारेको छ । त्यस्तै, गोरखाको भीआईपी टोलमा भेटिएको प्रेसर कुकर बम र हेटौँडाको औद्योगिक क्षेत्रको मूलगेटमा फेला परेको बम सेनाले बम डिस्पोज गरेको छ ।

यता, काठमाडौं उपत्यकामा भने बन्दको प्रभाव आंशिक परेको छ । उपत्यकामा बिहानैबाट निजी सवारी साधन निर्वाध चलेपनि सार्वजनिक सवारी साधनमा भने कम चलेका छन् । सार्वजनिक सवारी कम चल्दा यात्रुले सास्ती पाएका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा