शुक्रबार, ८ चैत, २०७५ Friday, 22 March, 2019

फेसबुक हालसम्मकै सबैभन्दा खराब समस्या बेहो‍र्दै 

नेपाली समय अनुसार बुधवार राति १० बजे आसपासबाट त्यस्तो समस्या देखिन थालेको बताइएको छ ।
फाइल फाेटाे : गेट्टी इमेज

बीबीसी । फेसबुकका सेवाहरूमा विश्वभर अवरोधहरु देखा परेका छन् । ती खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा खराब छन् ।

नेपाली समय अनुसार बुधवार राति १० बजे आसपासबाट त्यस्तो समस्या देखिन थालेको बताइएको छ ।

फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममा समेत अवरोधहरु देखिएका थिए जसको कारण भने अहिलेसम्म केही सार्वजनिक गरिएको छैन । फेसबुक खुले पनि त्यसमा सामग्रीहरु प्रकाशित हुन सकेका छैनन् । म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको छ । तर, उसको डेस्कटप संस्करणमा भने समस्या देखिएको छ ।

ह्वाट्सएपमा यसको असर देखिएको छैन ।

“फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ । हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ,“ फेसबुकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

अन्य सामाजिक सञ्जालहरूमा फैलिएको हल्ला गलत भएको भन्दै डिडिओएस नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको उसले जनाएको छ ।

अवरोध निगरानी गर्नेहरूका अनुसार फेसबुकमा समस्या विश्वभर नै देखिएको छ ।

यो भन्दा पहिले फेसबुकले सन् २००८ मा यस्तो सेवा अवरोध बेहोरेको थियो। त्यतिखेर विश्वभर उसका प्रयोगकर्ता केवल १५ करोड थिए । अहिले त्यो संख्या बढेर मासिक दुई अर्ब तीस करोड प्रयोगकर्ता पुगिसक्यो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा