शुक्रबार, ८ चैत, २०७५ Friday, 22 March, 2019

सुत्केरी व्यथाः उद्धारमा ढिलाइ हुँदा आमाको ज्यान बच्यो, शिशुको मृत्यु

उद्धारमा भएको ढिलाईका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकिएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताए ।

हुम्ला । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उनको उद्धार गरिएको छ । 

कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो ।

उद्धारमा भएको ढिलाईका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकिएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताए ।

हुम्लाको दक्षिण क्षेत्रस्थित सर्केगाड गाउँपालिका–८ राहदेवका ३० वर्षीय ढली बुढालाई तीन दिनदेखि सुत्केरी व्यथा लागेको थियो । बुधबार राति शिशुको एउटा हातमात्र वाहिर निस्किए पनि उनले शिशु जन्माउन सकिनन् । बिहान मात्र हेलिकप्टरबाट उनको उद्धार गरेर १० बजे जिल्ला अस्पतालमा पुर्‍याएका थिए । तर, ढिलो भइसकेका कारण आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकेको जिल्ला अस्पतालका अनमी बोहराले बताए ।

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाले ग्रामीण बस्तीका गर्भवतीले बच्चा जन्माउन नसक्दा आमा र शिशुको मृत्युदर यहाँ बढ्दो छ । रासस

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा