सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

नेपालमा ‘मिस सुपर मोडल इण्टरनेशनल’ प्रतियोगिता हुने

‘नेपालबाट छनौट भएका मोडललाई बलिउडमा उनीहरुको क्षमताअनुसारको काम गर्ने अवसर दिनेछौँ ।’

काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल इण्टरनेशनल’को फ्रेञ्चाइज प्रतियोगिता नेपालमा पनि हुने भएको छ ।

‘मिस सुपर मोडल इण्टरनेशनल नेपाल–२०१९’ प्रतियोगिता भारतीय चलचित्र उद्योग फेसनगुरुको सहकार्यमा ‘ग्लोबल सिटिजन्स इण्टरनेटमेन्ट प्रालि’ले नेपालमा पहिलोपटक आयोजना गर्न लागेको हो ।

‘ग्लोबल सिटिजन्स इण्टरनेटमेन्ट प्रालिका निर्देशक राजन श्रेष्ठले महिला तथा बालबालिकामा हुने हिंसाविरुद्ध लड्ने प्रतिवद्धतासहित नेपालमा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपालमा सुरु गर्न लागेको बताए ।

फेसनगुरुका म्यानेजर रत्नेस पाण्डेयले २० देशमा प्रतियोगिता आयोजना भैरहेको बताए । उनका अनुसार प्रत्येक देशबाट छानिएको तीन जना सुपर मोडलले ‘ग्राण्ड फाइनल’मा प्रतिस्पर्धा गर्नेछन् ।

म्यानेजर पाण्डेयले पहिलो पटक नेपालबाट प्रतिनिधित्व गर्ने तीनजना प्रतीयोगी ‘सुपर मोडल नेपाललाई’ भारतीय चलचित्र उद्योगमा काम गर्ने मौकासमेत दिइने बताए । उनले भने, ‘नेपालबाट छनौट भएका मोडललाई बलिउडमा उनीहरुको क्षमताअनुसारको काम गर्ने अवसर दिनेछौँ ।’

नेपालमा ‘मिस सुपर मोडल इण्टरनेशनल नेपाल–२०१९’ मा छनौट भएका तीन जना सुपर मोडलले ‘मिस सुपर मोडल इण्टरनेशनल–२०१९’को ग्राण्ड फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । ग्राण्ड फाइनल आगामी अक्टुबर महिनामा भारतको नयाँ दिल्लिमा आयोजना गरिने छ । जसमा नेपालसहित २० देशबाट छानिएको मोडलले प्रतिस्पर्धा गर्नेछन् । 

नेपालमा भने प्रतियोगितामा भाग लिन चाहानेले सोमबारदेखि नै आफ्नो नाम दर्ता गर्न सक्ने आयोजकले जानकारी दिएको छ । १८ देखि २८ वर्षका नेपाली युवतीले आवेदन दिन सक्नेछन् ।

आयोजकका अनुसार पहिलो चरणमा ३०० जना प्रतियोगिहरु छनौट हुनेछन् । दोस्रो चरण १५० जना छनौट हुनेछन् भने तेस्रो चरणमा ५० जना प्रतियोगीहरु छनौट हुनेछन् । ५० जना प्रतियोगीबाट तीन जना सुपर मोडल ग्राण्ड फाइनलका लागि छनौट हुनेछन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा