बुधबार, ११ बैशाख, २०७६ Wednesday, 24 April, 2019

ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु

उपचारका लागि रामपुर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु ।
प्रतिनिधिमुलक फाइल फाेटाे /वेब

 

बेझाड । कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–१ स्याउली बजार नजिकै सडक खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ । 

बाँकेको बागेश्वरी गाउँपालिका–४ बस्ने ४३ वर्षीय भकबहादुर थापा आज बिहान १० बजे एक्कासि सडक माथिबाट खसेको माटोसहितको ढिस्कोले लागेर घाइते भएका थिए ।

उपचारका लागि रामपुर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भुपालसिं रानाले जानकारी दिए । थापाको शव अहिले रामपुर अस्पतालमा राखिएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा