सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

कठोर आन्दोलनको अप्रिय मार्गमा जान बाध्य हुनेछौँ : सरकारी चिकित्सक संघ

मंगलबार सरकारी चिकित्सक संघ (गोदान)ले प्रेस विज्ञप्ती जारी गर्दै सरकार चिकित्सकहरूलाई दमन गरेरै जाने मनस्थितिमा उत्रिएको भन्दै आन्दोलनको अप्रिय मार्गमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

काठमाडौं । कर्मचारी समायोजन अन्यायपूर्ण भएको भन्दै आन्दोलनमा उत्रिएका सरकारी डाक्टरहरुले सरकारलाई कठोर आन्दोलनको अप्रिय मार्गमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

मंगलबार सरकारी चिकित्सक संघ (गोदान)ले प्रेस विज्ञप्ती जारी गर्दै सरकार चिकित्सकहरूलाई दमन गरेरै जाने मनस्थितिमा उत्रिएको भन्दै आन्दोलनको अप्रिय मार्गमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

सरकारले भ्रामक विज्ञप्ति, मिडियाहरूका माध्यमबाट संघको जायज मागरूलाई दवाउने, चिकित्सकहरूलाई डराउने–धम्काउने जस्ता क्रियाकलाप समेत गरेकाे संघको आरोप छ ।

संघले सम्पूर्ण चिकित्सकलाई तयार अबस्थामा रहन आह्वान गर्दै विज्ञप्तीमा भनिएको छ, ‘सरकार पक्ष आफ्ना चिकित्सकहरूलाई दमन गरेरै जाने मनस्थितिमा उत्रिएमा भने सम्पूर्ण सरकारी चिकित्सक झनै कठोर आन्दोलनको अप्रिय मार्गमा जान बाध्य हुने र सोको जिम्मेवार सरकारपक्ष नै हुनेछ ।’

संघले सरकारसमक्ष पुनः वार्ताको वातावरण निर्माण गरी अधिकार प्राप्त सम्बन्धित मन्त्रालयहरूसँग सहमतिमार्फत चिकित्सकहरूका सम्पूर्ण माग ठोस र स्थायी रूपले पुरा गरी आन्दोलन गर्नै नपर्ने अबस्था ल्याउन अपिलसमेत गरेको छ ।

सरकारले आजैमात्र सम्पूर्ण आदोलनरत सरकारी चिकित्सकलाई काममा नफर्किए ऐन, कानुनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ । सरकारको चेतावनी लगत्तै संघले आफ्ना माग पुरा नभए कठोर आन्दोलनको अप्रिय मार्गमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

संघले सम्पूर्ण सरकारी चिकित्सकलाई सामुहिम राजीनामा संकलन गर्नसमेत पुनः आश्वान गरेको छ ।

Image may contain: text

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा