सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

छातीमा संक्रमण भएपछि धर्मगुरु दलाई लामा अस्पताल भर्ना

उनलाई छातीमा संक्रमण भएको तर उनको स्थिति स्थिर रहेको बताइएको छ । उनी ८३ वर्षका भए ।

बीबीसी । भारत निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा अस्वस्थ भएपछि दिल्लीस्थित एउटा अस्पताल भर्ना भएका छन् ।

उनलाई छातीमा संक्रमण भएको तर उनको स्थिति स्थिर रहेको बताइएको छ । उनी ८३ वर्षका भए ।

उनका सहयोगी तेन्जिन ताक्लाका अनुसार दलाई लामालाई केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको थियो ।

चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि ६० वर्षअघि उनी भागेर भारत पुगेका थिए । उनले नोबेल शान्ति पुरस्कार पनि पाएका छन् । उनले प्रवचन दिएर विश्वभरि ख्याति पनि कमाएका छन्।चिकित्सकहरूले उहाँको छातीमा संक्रमण भएको पत्ता लगाएका छन् र त्यसकै उपचार हुँदैछ,’ ताक्लाले समाचारसंस्था रोएटर्सलाई बताए ।

उनका अनुसार दलाई लामाको दुई–तीन दिन उपचार हुनेछ ।

चीनले सन् १९५० मा तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएको थियो । उसले दलाई लामालाई पृथक्तावादी नेता मान्छ ।

तिब्बती बौद्धमतमा दलाई लामा पुनर्जन्म लिएका अवतार हुन् । दलाई लामाको उत्तराधिकारी को हुने भन्ने विषय अनिश्चित तथा विवादास्पद मानिन्छ । चीनले आफूसँग दलाई लामाको उत्तराधिकारी छान्ने अधिकार भएको दाबी गर्ने गरेको छ ।

तर, गत महिना मात्रै दलाई लामाले चीनद्वारा छानिने व्यक्ति तिब्बतीहरूलाई मान्य नहुने आफ्नो पुरानो अडान दोहोर्‍याएका थिए । हजारौँ तिब्बतीहरू भारतमा निर्वासनमा बस्दै आएका छन् । केही तिब्बती शरणार्थीहरू नेपालमा पनि छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा