सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

कानुनभन्दा बाहिरका मागका विषयमा डाक्टरसँग कुरा हुन सक्दैन : प्रवक्ता बाँस्कोटा

‘चिकित्सकको सेवा सुविधाका बारेमा कुनै समस्या आउँदैन ।’ तर, कानुनभन्दा बाहिरका मागका विषयमा कुरा हुन नसक्ने स्पष्ट पार्न नसकिने भनाइ छ ।  
फाेटाे रासस

काठमाण्डौ  । सरकारले सरकारी चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन आग्रह गरेको छ ।

बुधबार मन्त्री परिषद्को निर्णय जानकारी गराउँदै सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन आग्रह गरेको हुन् ।

मन्त्री बाँस्कोटाले आन्दोलनरत सरकारी चिकित्सकहरुले आफ्नो मर्यादाको ख्याल नगरेको बताए । उनले भने, ‘सरकारले खटाएको ठाउँमा जान्न भनेर आन्दोलन गर्नु उचित होइन । यो समस्याको समाधान एक दुई दिनमा नै निस्कन्छ ।’

चिकित्सकहरु सहमतिमा आउनुको विकल्प नरहेको बताउँदै उनले भने, ‘चिकित्सकको सेवा सुविधाका बारेमा कुनै समस्या आउँदैन ।’ तर, कानुनभन्दा बाहिरका मागका विषयमा कुरा हुन नसक्ने स्पष्ट पार्न नसकिने भनाइ छ ।   

कर्मचारी समायोजनको विरोधमा सात दिनदेखि आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेर सरकारी चिकित्सकहरु आन्दोलन उत्रँदा विरामीहरु मर्कामा परेका छन् । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा