सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

नेपालमा पब्जी खेल्न प्रतिबन्ध

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।

काठमाडौं । सरकारको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको छ ।

सरकारको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पुष्टि गरेका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । पब्जीका कारण युवावर्गमा विभिन्न खालका मानसिक समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको प्राधिकरणको भनाइ छ ।

पब्जी इन्टरनेटको माध्यमबाट मोबाइलमा अनलाइन खेलिने भिडियो खेल हो । दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले यो खेलको उत्पादन गरेको हो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा