सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

सरकारलाई चिकित्सक संघको ७२ घण्टे ‘अल्टिमेटम’

‘संघका सम्पूर्ण शाखा कार्यालयहरु, देशभर सरकारी तथा निजी स्वास्थ्यसंस्थाहरुलाई संघबाट घोषणा हुने सशक्त विरोधका कार्यक्रमहरुको लागि तयारी अवस्थामा बस्न समेत यसै विज्ञप्ती मार्फत अनुरोध गरिन्छ ।’

काठमाडौं । नेपाल चिकित्सक संघले सरकारलाई वार्ता र संवादको माध्यमबाट उत्पन्न समस्याको समाधान निकाल्न ७२ घण्टे अल्टिमेटम दिएको छ ।

कर्मचारी समायोजनको विरोधमा सात दिनदेखि आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेका चिकितसकहरुले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको हो ।

आज बसेको बृहत बैठकले कार्यकारिणी समितिलाई दिएको म्यान्डेट अनुरुप सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको संघको विज्ञप्तीमा उल्लेख छ ।

चिकित्सकहरुको मान मर्यादालाई अवमूल्यन गरिएको खण्डमा सशक्त विरोधका कार्यक्रमहरु देशभर संचालन गर्ने चेतावनी दिँदै विज्ञप्तीमा भनिएको छ, ‘संघका सम्पूर्ण शाखा कार्यालयहरु, देशभर सरकारी तथा निजी स्वास्थ्यसंस्थाहरुलाई संघबाट घोषणा हुने सशक्त विरोधका कार्यक्रमहरुको लागि तयारी अवस्थामा बस्न समेत यसै विज्ञप्ती मार्फत अनुरोध गरिन्छ ।’

आजै सरकारले सबै चिकित्सकलाई काममा फर्कन आग्रह गर्दै आधिकारिक धारणा सार्वजनिक भएको केहि समयमै ७२ घण्टे अल्टिमेटम आएको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले चिकित्सकको सेवा सुविधाका बारेमा कुनै समस्या नआउने बताएका थिए । तर, कानुनभन्दा बाहिरका मागका विषयमा कुरा हुन नसक्ने स्पष्ट पार्न नसकिने उनको भनाइ थियो ।

Image may contain: text

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा