सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

'इन्जिनियरले फाइल थन्क्याउदा लाभग्राहीले अनुदान पाएनन्'

प्राधिकरणबाट खटिएका इन्जिनियर र प्राविधिकको लापार्वाहीका कारण लाभग्राहीले अनुदान नपाएको गुनासो गरेका छन् ।
फाइल फोटो / वेब

सोलुखुम्बु । प्राधिकरणबाट खटिएका इन्जिनियर र प्राविधिकको लापार्वाहीका कारण लाभग्राहीले अनुदान नपाएको गुनासो गरेका छन् । गतसाउनमै घर निर्माण सम्पन्न गरि इन्जिनियरले समेत जाँच गरेपनि अहिले सम्म अनुदान नपाएको पिडितको गुनासो छ । 

जिल्लाको माप्यदुधकोशी गाउँपालिका भित्रका लाभग्राहीले गत साउनमै घर निर्माण सम्पन्न गरेपनि अझै अनुदान नपाएको वडा नम्बर ५ का वडा अध्यक्ष निमराज तामाङले जानकारी दिए । बारम्बार पिडितले वडा अध्यक्ष समक्ष गुनासो राखेपछि संबन्धित कार्यालयमा गई बुझ्दा इन्जिनियरले फाईल घरैमा राखेर प्रक्रिया अगाडी नबढाएको पाईएको वडा अध्यक्ष तामाङको भनाई छ ।

वडा अध्यक्ष तामाङका अनुसार प्राधिकरणबाट गाउँमा खटिएकाइन्जिनियर आषिस राईले साउनमा संकलन गरेको फारम एक महिनाअगाडी सम्म आफ्नै निजि कोठामा थनक्याएका हुन् । भुकम्प पिडितलाई भने प्रक्रिया अगाडी बढीरहेको बताउँने इन्जिनियर राईले एक महिना अघिमात्रै प्राधिरणको कार्यालय सल्लेरीमा लगेर प्रक्रिया अगाडी नबढाई राखिएको अवस्थामा भेटिएको वडा अध्यक्ष तामाङको दावी छ ।

माप्यदुधकोशी गाउँपलिकाबाट संकलन गरिएको ४५ वटा फाईलको प्रक्रिया अगाडी नबढाउँदा पिडित अनुदान पाउनबाट छुटेका हुन् । “माप्यदुधकोशी वडा नम्बर ५ का मात्रै १४ जना तेस्रो किस्ता पाउने र । जनाले दास्रो किस्ताको लागि साउनमै प्रोसेस चालेका थिए ।” वडा अध्यक्ष तामाले भने, “आईतबार मात्रै प्राधिकरणको कार्यालयमा गएर म आफैले वडा नम्बर ५ का १५ जनाको प्रक्रिया अगाडी बढाउन लगाए, अन्य ३५ वटा गाउँपालिकामा फिर्ता पठाइएको छ ।” अन्य ३० जनाको फाईल भने पुन गाउँपलिका पठाईएको छ ।

तर इन्जिनियर आषिस राईले भने आफुलाई झुट्टो आरोप लगाईएको भन्दै कम्जिोरी नभएको दावी गरे । सञ्चारकर्मीले वास्तबीकता बुझ्न खोज्दा समेत बिज्ञप्ती निकाल्ने भन्दै प्रतिक्रिया दिन चाहेनन् । यता राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कर्यान्वयन इकाई सोलुखुम्बुका प्रमुख विष्णु लामिछानेले भने कम्जोरी भएकाले सचेत गराईएको बताए । “केही फाईल भेटियो, प्राविधिकको तर्फबाट कम्जोरी भएकै हो, अब त्यस्तो नहुने गरि सचेत गराईएको छ ।” प्रमुख लामीछानेले भने, “फेरी यस्ता गतिविधि दोहोरिएमा करार अनुसार जागिर खाएका हुन्, त्यो करार भंग हुन्छ ।”

समयमानै अनुदान रकम नपाउँदा पिडित थप पिडामा परेका छन् । घर निर्माण गर्दा अनुदानको तीन लाखले नपुग्ने पिडितको भनाई छ । ऋण कारेर घर बनाएपनि समयमानै अनुदान नपाउँदा झन समस्या हुने गरेकोपिडित लोकबहादुर कार्कीले बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा