सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र सर्वोच्चका न्यायाधीशविरुद्ध उजुरी दर्ता 

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र सर्वोच्चका न्यायाधीशविरुद्ध दर्ता भएका सबै उजुरीहरु आगामी वैशाख ३ गते सार्वजनिक गरीने सङ्घीय संसद् सचिवालयले जनाएको छ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी दर्ता भएका छन् ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले तोकिएको समयसीमामा  प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित थपलियाविरुद्ध छवटा उजुरी दर्ता भएको बताएका हुन् । प्रवक्ता अर्यालका अनसार समितिका अनुसार राष्ट्रिय समावेशी आयोग सदस्य विष्णुमाया ओझाविरुद्ध भने कुनै पनि उजुरी परेको छैन् ।

समितिले गत २० गतेबाट हुक्रबारसम्म लागू हुनेगरी उजुरी दिन आह्वान गरेको थियो । 

थपलियाविरुद्ध परेका छ उजुरीमध्ये चार उजुरी हालैको कर्मचारी समायोजन प्रक्रियामा विभेद गरेको विषयसँग सम्बन्धित छन् । एक उजुरी भने एक प्रदेशसभा सदस्यका नामबाट दर्ता भएको छ । थपलिया अवकाश समेत नपाई गलत रूपमा राजनीतिक पहुँचका आधारमा आयोग प्रमुखमा सिफारिस गरिएको भन्दै अनुमोदन नगर्न माग गरिएको छ ।

चैत ११ गतेको संवैधानिक परिषद्को बैठकले थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो ।

त्यस्तै, सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध तीन उजुरी दर्ता भएका छन् । वैशाख २ गतेसम्म उजुरी दिने समय छ । दुई उजुरी सिफारिसको प्रक्रियासँग सम्बन्धित छन् ।

वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले उक्त उजुरी दर्ता गरेका हुन् । आगामी वैशाख २ गतेसम्म सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरीको दिन पाइने छ ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र सर्वोच्चका न्यायाधीशविरुद्ध दर्ता भएका सबै उजुरीहरु आगामी वैशाख ३ गते सार्वजनिक गरीने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा