बुधबार, ११ बैशाख, २०७६ Wednesday, 24 April, 2019

अफगानिस्तानमा २७ तालिवान लडाकू मारिए    

उनीहरुले कब्जा गरेको भनिएको ठाउँबाट उनीहरुलाई हटाउने क्रममा उनीहरु मारिएको सरकारी पक्षले शनिबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

अफगानिस्तान । अफगानिस्तानको नान्गारहार प्रान्तमा पर्ने शिर्जाड जिल्लामा कम्तीमा २७ तालिवान लडाकूको मृत्यु भएको छ ।     
     
उनीहरुले कब्जा गरेको भनिएको ठाउँबाट उनीहरुलाई हटाउने क्रममा उनीहरु मारिएको सरकारी पक्षले शनिबार जारी गरेको वक्तव्यमा उल्लेख छ । वक्तव्यका अनुसार लडाकूले शुक्रबार राति शिर्जाडमा आक्रमण गरेर कब्जा गरेको घोषणा गरेका थिए ।     
     
घटनामा परी अरु दुई दर्जनभन्दा बढी घाइते भएको अधिकारीले जानकारी दिएका छन् । उनीहरुले सुरक्षाकर्मीतर्फ पनि दुई जना मारिएको र आठ जना घाइते भएको जनाएका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा