बुधबार, ११ बैशाख, २०७६ Wednesday, 24 April, 2019

लुक्ला बिमान दुर्घट्ना : दुई जनाको मृत्यु, तीन जना घाईते

हिजो बिहान तेञ्जिङ हिलारी बिमानस्थल लुक्लामा बिमान दुर्घट्ना हुदा बिमानका सहचालक सहित दुई जनाको मृत्यु भएको छ ।
फाइल फोटो / वेब

सोलुखुम्बु । हिजो बिहान तेञ्जिङ हिलारी बिमानस्थल लुक्लामा बिमान दुर्घट्ना हुदा बिमानका सहचालक सहित दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाईत भएका छन् । समिट एयरको बिमान धानमार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घट्ना भएको सोलुखुम्बुको प्रहरीले जनाएको छ ।

दुर्घट्नामा ज्यान जानेमा बिमानस्थल सुरक्षाको लागि खटिएका दोलाखा घरभएका पर्यटक प्रहरी अईस रामबहादुर खड्का, काठमान्डौं माहानगरपालिका ७ चाबहिलका समिट एयरका सुजित ढुंगाना रहेका प्रहरी नावय उपरिक्षक सालिग्राम शर्माले जानकारी दिए  ।

यस्तै घाईतेहनेहरुमा काठमान्डौं कालिमाटीटोल घर भएका समिट एयरका चालक रबिनाथ रोकाय, बिमानस्थल सुरक्षाका लागि खटिएका झापाका प्रहरी सहायक निरिक्षक 
रुद्रबहादुर श्रेष्ठ र ललितपर उपमहानगरपालिका ठेगाना भएका मनाङ एयरका चालक चेतबहादुर गुरुङ रहेका छन् ।

घाइते बिमान चालक रोकाया र सुरक्षाकर्मी श्रेष्ठलाई सिम्रिक एयरको हेलिकोप्टर मार्फत थप उपचारका लागि काठमाण्डौको शिक्षण अस्पताल लगिएको छ । हेलिकोप्टरका पाइलट चेतबहादुर गुरुङलाई भने मनाङ एयरकै हेलिकोप्टरबाट शिक्षण अस्पताल लगिएको सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक शालिग्राम शर्माले जानकारी दिए ।

बिहान ( बजेर २) मिनेटमा रामेछापको लागि उड्न लागेको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा दुर्घट्ना भएको हो । बिमानमा चालक सह  चालकमात्र सवार रहेको नागरिक उड्यान प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा