मंगलबार, १० असार, २०७६ Tuesday, 25 June, 2019

सोलुखुम्बुमा भरुवा बन्दुक पड्कदा एक युवकको ज्यान गयो 

जिल्लाको माप्यदुधकोशी गाउँपालिका ४ मा भरुवा बन्दुक पड्किदा एक युवकको ज्यान गएको छ ।
सांकेतिक फाइल फोटो / वेब

सोलुखुम्बु । जिल्लाको माप्यदुधकोशी गाउँपालिका ४ मा भरुवा बन्दुक पड्किदा एक युवकको ज्यान गएको छ । प्रहरीका अनुसार आईतबार साँझ घरेलु भरुवा बन्दुक भर्ने क्रममा आफै पड्किएर काँकु डाँडागाउँका २० बर्षिया सुमन राईको मृत्यु भएको हो ।

बन्दुक भर्ने क्रममा पड्किएर पेटमा गोली लागेको प्रहरीले बताएको छ । गम्भिर घाईते भएका राईको उपचारको लागि जिल्ला अस्पताल फाप्लु ल्याउदै गर्दा आईतबार राती १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरिक्षक प्रदिप सुबेदीले जानकारी दिए । शवलाई हाल पोष्ट मार्टमका लागी जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा