बुधबार, ११ बैशाख, २०७६ Wednesday, 24 April, 2019

 बन्द भयो खुम्बुमा होटल एसोसियसनको नाममा रकम लिने काम 

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको कडा निर्देशन पछि पर्यटकबाट होटल एसोसियसनको नाममा लिईने शुल्क बन्द गरिएको छ ।
फाइल फोटो / वेब

सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको कडा निर्देशन पछि पर्यटकबाट होटल एसोसियसनको नाममा लिईने शुल्क बन्द गरिएको छ । एसोसियसनको नाममा गैह्रकानुनी ढंगबाट शुल्क लिने जोकोहीलाई पक्राउ गर्न आदेश जारीभएपछि कोठा भाडाबापतको शुल्क होटलसञ्चालक आफैले लिने भएका हुन् ।

होटल व्यवसायिहरुको आग्रहमा शुल्क उठाएको दावी गर्ने एसोसियसनले अब देखी कुनैपनि शुल्क नलिने खुम्बुपासाङल्हामु गाउँपालिका प्रमुख ङिमदोर्जी शेर्पाले जानकारी दिए । होटल एसोसियसनको विधानमा समेत यस्ता कुनैपनि शुल्क लिने बिषयमा स्पष्ट उल्लेख भएको छैन ।

उनका अनुसार अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नकोलागि एसोसियसन खडा गरि कोठा भाडा लिने र महिनाको अन्तिम दिन सम्पूर्ण व्यवसायी जम्मा भई बाडफाड गरिन्थ्यो ,पाँच वडा रहेको गाउँपालिकामा वडा नम्बर १ बाहेक अन्य सबै वडामा चार वटा होटल एसोसियसन सञ्चालनमा रहेका छन् । गत बर्षदेखीनै उनीहरुले सामान्य कोठाको रु.५०० र एजेटबाथरुम सहितको कोठाको एक हजार भाडा लिने गरेका छन् । उक्त कार्यको लागि गाउँपालिकाको समेत संलग्नता रहेको आरोप छ ।

“एसोसियसन गाउँपालिकामा मात्र होईन जिल्ला प्रशासन कार्यालयमानै दर्ता भएको छ ।” गाउँपालिका प्रमुख ङिमदोर्जीले भने, “उनीहरुलाई शुल्क लिने नलिने भन्ने बारेमा हामीले केहीपनि अनुमति दिएका छैनौ ।”

कुनैपनि संघसंस्थाले कोठा भाडा या विभिन्न बहानामा जोकोही संग रकम लिनु गैह्रकानुनी कार्य भएको भन्दै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले त्यस्तो पाईए तत्काल पक्राउ गर्न आदेश दिएका थिए । पर्यटकबाट व्यापक गुनासो आएपछि एसोसियसन संग बास्तबीक बुझ्नको लागि अघिल्लो शुक्रबारनै एक हप्ताको अल्टिमेटम सहित प्रशासनले पत्रचारनै गरि बेलाएको थियो । तर कोहीपनि सम्पर्कमा नआएपछि तत्काल पक्राउ गर्न आदेश जारी गरिएकै दिनदेखी उक्त कार्य बन्द गरि होटल सञ्चालक आफैले लिने बताईएको छ ।

खुम्बु क्षेत्रमा दुई हजारसम्म पर्यटक अट्ने होटल संचालनमा रहेको बताईन्छ । होेटल प्रशस्त भएपनि पर्यटक कमी हुँदा होटल सञ्चालकले ग्राहक तान्नको लागि अस्वस्थ प्रतिस्पर्धा भएपछि व्यवसायनै धरापमा परेको व्यवसायीले बताउने गरेको गाउँपालिका प्रबक्त लाक्पा छिरि शेर्पाको भनाई छ । शेर्पाले भने, “स्वस्थ प्रतिस्पर्धा गराउँदै गैह्रकानुनी कार्यको अन्त्य हुनुपर्छ, त्यसमा गाउँपालिकाको भ’मिका रहन्छ ।”

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा