मंगलबार, १० असार, २०७६ Tuesday, 25 June, 2019

माप्यदुधकोशीको नमुना काम : उत्कृष्ट विद्यालयलाई ५० हजार पुरस्कार

जिल्लाको माप्यदुधकोशी गाउँपालिकाले सञ्चालन गरेको पालिका स्तरीय परीक्षामा १३ विद्यालयका विद्यार्थीले सहभागीता जनाए ।
भोजराज कार्की

सोलुखुम्बु । जिल्लाको माप्यदुधकोशी गाउँपालिकाले सञ्चालन गरेको पालिका स्तरीय परीक्षामा १३ विद्यालयका विद्यार्थीले सहभागीता जनाए । गाउँपालिका भित्र कक्षा आठ सम्म सञ्चालन भएका ती विद्यालयमा अध्ययनरत २ सय ५४ विद्यार्थी मध्ये जसरी प्रथम, द्धितिय र तृतीय छनौट भएपनि त्यसरीनै विद्यालयले समेत स्थान ल्याएका छन् ।

शुक्रबार गाउँपालिकाले सार्वजानिक गरेको नतिजा अनुसार बासा खालि माध्यमीक विद्यालय प्रथाम भएको छ । विद्यार्थी संख्या, सहभागी विद्यार्थीले प्राप्त गरेको अंकलाई आधार मान्दा उक्त विद्यालयले ४१.२९प्रतिशत अंक प्राप्त गरि प्रथम भएको गाउँपालिकाले जनाएको छ ।    

सार्वजानिक गरिएको नतिजा अनुसार काँकु माध्यामिक विद्यालयले ३९.६६ प्रतिशतका साथ द्धितिय र हिमालय माध्यामिक विद्यालय वासा ३९.६२ प्रतिशत अंक ल्याएर तृतिय भएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए ।

दुईसय सात विद्यार्थी फेल 

गाउँपालिका आफैले सञ्चालन गरेको पहिलो परीक्षामा २ सय ५४ जना विद्यार्थी मध्ये ४७ जना विद्यार्थी मात्र सैद्धान्तिक परीक्षामा सम्पूर्ण विषय उत्तीर्ण भएका छन् । प्रयोगात्मक परीक्षाको नम्बर प्रत्यक विद्यालयले प्रदान गर्ने भएकाले उत्तीर्ण हुने सङख्या भने बढ्ने अनुमान गरिएको छ ।

नतिजा अनुसार हिमालय माध्यामिक विद्यालय बासाका विद्यार्थी धर्मेन्द्र राईले ५ सय ५५ पूर्णाङको परीक्षामा ४ सय १६ अङक सहित प्रथम भएका छन् । यस्तै, ३ सय ९४ अङकाका साथ वासाखालि माध्यामिक विद्यालयका विद्यार्थी अजर्’न राई द्धितिय र वासाखालि माध्यामिक विद्यालयकै गोरीमाया राईले ३ सय ७२ अंक सहित तृतिय भएका छन् ।

विद्यार्थीले प्राप्त गरेको अंक चित्तबुज्दो नभएमा विद्यार्थीले पाँच सय शुल्क सहित ३५ दिन भित्र पुनःयोगको लागि निवेदन दिन सक्ने गाउँपालिका प्रम’ख ब’द्धिकिरण राईको भनाई छ । गाउँपालिकाले ८ केन्द्र निर्धारण गरि परीक्षा सञ्चालन गरेको थियो । उत्तर पुस्तीका समेत गाउँपालिका आफैले जाँचेको थियो ।

प्रथम, द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमश नगद रु. ५० हजार, ४० हजार र ३०हजार प्रदान गरिएको छ भने प्रथम, द्धितिय र तृतीय ह’ने विद्यार्थीलाई क्रमश नगद १० हजार, ८ हजार र ६ हजार नगद पुरस्कार प्रदान गरेको गाउँपालिका उपप्रमुख जुनिता माया मगरले जानकारी दिईन् ।

कम्जोर विद्यालय लक्षित शैक्षिक कार्यक्रम सञ्चालन गरिने 

माप्यदुधकोशी गाउँपालिका प्रमुख वुद्धिकिरण राईले गाउँपालिका भित्रका कमजोर नजिता ल्याएका विद्यालय लक्षित कार्यक्रम सञ्चालन गरिने बताए । पालिका स्थरिय परीक्षाको नतिजा प्रकाशन कार्यक्रममा उनले गाउँपालिकाको शैक्षिक स्तर सन्तोषजनक नभएको भन्दै सुधारमा सबैपक्षको ध्यान जानुपर्ने बताए ।

२ सय ५४ जना विद्यार्थी सहभागी भएकोमा ४७ जना मात्र उत्तीर्ण हुनुले शिक्षाको स्तर प्रष्ट भएको भन्दै दुख व्यक्त गरे । फरक व्यवस्थापनका बीच पालिका स्तरीय परीक्षा सञ्चालन गर्ने माप्यदुधकोशि गाउँपालिका पहिलो भएको उनको दावि गर्दै एस.इ.इ परीक्षालाई समेत यसले सहयोग  पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले अर्को वर्ष देखि कक्षा ५ को पनि पालिका स्तरीय परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

हिमालय माध्यामिक विद्यालयका प्रधानाध्यापक देवी कुमारी राईले परीक्षा मर्यादित र व्यवस्थीत भएमा शिक्षाको गुणस्तर बृद्धि हुने बताउँछिन् । गाउँपालिका आफैले परीक्षा सञ्चालन गर्दा शिक्षाको ग’णस्तरमा कोशेढुङ सावित हुने उनको भनाई छ ।

स्रात व्यक्ति जोख बहादुर राईले विद्यार्थीमा फरक ठाउँमा गएर परीक्षा दिने बानिको विकास गर्नमा समेत यस्ता परीक्षाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा