नेपाली सेनामा भर्ना खुल्यो, ७ हजार ७ सयभन्दा बढीको आवेदन माग

इच्छुक योग्य उम्मेदवारले जेठ १ गतेभित्र देशका विभिन्न ६३ ठाउँबाट दरखास्त दिनसक्ने नेपाली सेनाले जनाएको छ ।
फाइल फाेटाे : वेब

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि विभिन्न पदहरुका लागि ७ हजार ७ सयभन्दा बढी जनशक्ति मागेको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले मंगलबार विज्ञापन प्रकाशित गरी विभिन्न पदका लागि लागि ७ हजार ७ सयभन्दा बढी जनशक्ति मागेको हो ।

आवेदनमा लेखा जमदार कर्मचारी, सहायक पण्डित हुद्धा, अमल्दार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्य वादनलगायत विभिन्न पदका कर्मचारी माग गरिएको छ ।

इच्छुक योग्य उम्मेदवारले जेठ १ गतेभित्र देशका विभिन्न ६३ ठाउँबाट दरखास्त दिनसक्ने नेपाली सेनाले जनाएको छ । दोब्बर दस्तुर तिरेर भने थप एक हप्ताभित्र दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख गरिएको छ ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने जनाइएको छ ।

हेर्नुहोस् गोरखापत्रमा आज प्रकाशित विज्ञापन

Nepal Army Vacancy 2076

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा