बिहीबार, २ श्रावण, २०७६ Thursday, 18 July, 2019

१४ वर्षीया बालिका 'बलात्कृत', ५०० दिएर फरार अभियुक्त पक्राउ

तम्घास । गुल्मीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीया बालिकालाई पाल्पा, तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए ।

मामाघर गएर आमासँगै घर फर्कनेक्रममा मियाँले बालिकालाई ‘घरसम्म पुर्‍याइदिन्छु’ भन्दै बुधबार मोटरसाइकलमा लिएर आएको र बाटोमै बालिकालाई पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

‘कसैलाई नभन्नू’ भन्दै बालिकालाई रु ५०० दिएर फरार भएका मियाँलाई जिल्ला प्रहरी कार्यालय र अर्घाखाँची जिल्लाको अर्घातोष प्रहरीचौकीको संयुक्त प्रहरी टोलीले एउटा घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

निजलाई जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाइने प्रहरी उपरीक्षक बस्नेतले बताए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा