सोमबार, ६ जेठ, २०७६ Monday, 20 May, 2019

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्तमा थपलिया, सर्वोच्चमा पाँच न्यायाधीश नियुक्त

फाइल फाेटाे वेब

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को  सिफारिशमा दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेको  राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी, राष्ट्रपतिले सोही संविधानको धारा २५८ को उपधारा (२) अनुसार संवैधानिक परिषद्को  सिफारिशमा विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त गरेकी छन् । शुक्रबार नै सोही संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिशमा सर्वोच्च अदालतको न्यायाधीशमा उनले पाँच जनालाई नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले धनुषाका प्रकाशकुमार ढुङ्गाना, काठमाडौंका सुष्मलता माथेमा, झापाका कुमार रेग्मी, मोरङका हरिप्रसाद फुयाँल र काठमाडौंका मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा