सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

राष्ट्रपति भण्डारीद्वारा नवदुर्गा नाचको अवलोकन

नवदुर्गा देवगणले प्रस्तुत गरेको तान्त्रिक विधि एवं शक्ति स्वरुप नवदुर्गा नाचअन्तर्गत मंगलसिद्धि नाच र गणेश नाचको अवलोकन गरेकी हुन् । 
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार भक्तपुरमा आयोजना गरेको शक्तिकी देवी नवदुर्गा नाच प्रदर्शनीको अवलोकन कार्यक्रममा देवगणलाई चढाईएको सगुनको अवलोकन गर्दै । तस्वीर : रमेश गिरी, भक्तपुर, रासस

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरमा नवदुर्गा भवानीको पूजा अर्थात् द्यौ बोयकेगु, नवदुर्गा नाच र मौलिक हस्तकला प्रर्दशनीको अवलोकन गरेकी छन् ।

भक्तपुर उद्योग वाणिज्य सङ्घले भक्तपुर जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजना गरेको प्रर्दशनीको उनले अवलोकन गरेकी हुन् ।

नवदुर्गा देवगणले प्रस्तुत गरेको तान्त्रिक विधि एवं शक्ति स्वरुप नवदुर्गा नाचअन्तर्गत मंगलसिद्धि नाच र गणेश नाचको अवलोकन गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले स्थानीय हस्तकलाका सामग्रीको समेत अवलोकन गरेकी थिइन् । । उनले त्यस क्रममा भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिर परिसरको अवलोकन गरेकी छन् । उनले देवगणलाई दक्षिणा दिनुको साथै नवदुर्गा नाच सञ्चालनका लागि स्थानीयवासीले गरिएको अक्षयकोषमा जिल्ला समन्वय समितिले उपलब्ध गराएको रु १५ लाख र भक्तपुर उद्योग वाणिजय सङ्घले उपलब्ध गराएको रु पाँच लाख गरी कूल रु २० लाख अक्षयकोष स्थापनाको लागि हस्तान्तरण गरिन् ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले अवलोकनमा उत्पादनबारे जानकारी गराएका थिए । सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिले कार्यक्रम बारेमा र इतिहासविद् डा पुरुषोत्तम लोचन श्रेष्ठले नवदुर्गा नाचको शक्ति र महत्वबारे जानकारी गराएका थिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा