मंगलबार, ७ जेठ, २०७६ Tuesday, 21 May, 2019

खालिङ समुदायको पहिचान झल्किने गरी एकीकृत बस्ती निर्माण हुने

समितिका अनुसार ६९ जनाले सामुहिक रुपमा एउटै प्लटमा खरिद गरेको जग्गा बाँडफाँड गरेर एउटै मापदण्ड बनाई नमुना एकीकृत बस्ती निर्माण गरिने छ ।

काठमाडौं । खालिङ समुदायले आफ्नो मौलिक पहिचान झल्किनेगरी काठमाडौंमा नमुना एकीकृत बस्ती निर्माण गर्ने भएका छन् ।

नमुना एकीकृत बस्तीको लागि ख्याल्देल् निर्माण समितिले सामुहिक रुपमा खरिद गरेको जग्गा औपचारिक समारोहबीच ६९ जनालाई हस्तान्तरण गरिएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका– १ मा रहेको सोही जग्गामध्येबाट दुई रोपनी १ आना ३ पैसा क्षेत्रफलको जग्गा किरात खालिङ राई उत्थान संघलाई निशुल्क प्रदान गरिएको गरिएको छ ।

समितिका अनुसार ६९ जनाले सामुहिक रुपमा एउटै प्लटमा खरिद गरेको जग्गा बाँडफाँड गरेर एउटै मापदण्ड बनाई नमुना एकीकृत बस्ती निर्माण गरिने छ ।

समितिका संयोजक लाखबीर खालिङले खालिङ समुदायको पहिचान झल्किने गरी सबै संरचना बनाउन लागिएको बताए । संयोजक खालिङले अग्लो ठाउँ, जंगल नजिकै, स्वाच्छ वातावरण, प्रसस्त मुलको पानी र चार लेनको बाटो नजिक भएको तथा काठमाडौं उपत्यकाको छेउकुना पुरै दृश्यावलोकन गर्न सकिने भएकाले यसलाई पर्यटकीय केन्द्रको रुपमासमेत विकास गर्नुपर्नेमा जोड दिए ।

नमुना एकीकृत बस्ती निर्माणका लागि लाखबीर खालिङको संयोजकत्वमा ११ सदस्यिय ख्याल्देल निर्माण समिति बनाइएको छ । समितिमार्फत एकीकृत नमुना बस्तीका लागि जग्गादेखि सबै व्यवस्थापनको काम अगाडि बढाइने बताइएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा