सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

प्रधानमन्त्रीले प्रयोग गरेको अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

नेपाल सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुण्ठा र निम्छरा शब्द प्रयोग गरेका थिए ।

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा प्रयोग भएका अमर्यादित शब्दहरुलाई संसदको रेकर्डबाट हटाउन सभामुख कृष्ण बहादुर महराले निर्देशन दिएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्ण बहादुर महराले गत मंगलबारको संसद बैठकमा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

सभामुख महराले ध्यानाकर्षण भएको विषयमा निर्देशन दिँदै भने, ‘नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननिय प्रधानमन्त्री ज्युले स्पष्टिकरण तथा माननिय सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’

नेपाल सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुण्ठा र निम्छरा शब्द प्रयोग गरेका थिए । प्रमुख प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीबाट संसदको गरिमा कायम नभएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा