मंगलबार, ७ जेठ, २०७६ Tuesday, 21 May, 2019

आगो लगाएर ११ महीने छोरीको हत्या, आमा–बाबु पक्राउ

व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् ।

दार्चुला । व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् ।

बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । सो घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी  शीलालाई पक्राउ गरेको छ । 

उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ । राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको  वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिए । हत्या गर्नाको कारण खुलाइएको छैन । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा