मंगलबार, ७ जेठ, २०७६ Tuesday, 21 May, 2019

‘विप्लव’ निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकाल पक्राउ

केन्द्रीय अध्यक्ष ढकाल सहित रुकुम पश्चिममा नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता चिरञ्जीवी ढकाललाई आज काठमाडौंको अनामनगरबाट पक्राउ गरेको छ । 

उक्त समूहको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकाललाई आज अनामनगरमा भएको एक कार्यक्रममा सरिक भएका बेला पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार ढकाल चन्दा आतङ्कमा सक्रिय हुँदै आएका छन् ।

विभिन्न विद्यार्थी सङ्गठनको कार्यक्रममा सहभागी भई निस्कने क्रममा पक्राउ गरिएको हो । यसअघि सरकारले विप्लव समूहको नेकपाका गतिविधि विध्वंसात्मक रहेको भन्दै उसका गतिविधिमा रोक लगाउने निर्णय गरेको थियो । 

महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौं जिल्लाबाट अहिलेसम्म विप्लव समूहका ४३ जनालाई नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याइएको छ । देशभर गरेर कूल ३४३ जना विप्लवका नेता तथा कार्यकर्ता पक्राउ परिसकेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा