सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

रजत समारोहमा स्रष्टासम्मान [फोटोफिचर]

लुनकरणदास–गंङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्धारा आफ्नो रजतबर्षको अवसरमा आयोजित स्रष्टासम्मान रजत समारोहमा प्रमुख अतिथि शताव्दीपुरुष सत्यमोहन जोशी संस्थाका अध्यक्ष विनोद चौधरीलागयत सम्मानितहरु ।
लुनकरणदास–गंङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्धारा आफ्नो रजतबर्षको अवसरमा आयोजित स्रष्टासम्मान रजत समारोहमा प्रमुख अतिथि शताव्दीपुरुष सत्यमोहन जोशी र संस्थाका अध्यक्ष विनोद चौधरीसंग सामुहिक तस्वीर खिचाउँदै सम्मानितहरु । तस्वीर : प्रदीपराज वन्त, रासस, काठम

काठमाडौं । नेपाली भाषा, कला र साहित्यको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने विभिन्न विधाका स्रष्टालाई लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले सम्मान गरेको छ ।

स्रष्टा सम्मानको रजत वर्षको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आख्यान विधामा योगदान गरेको भन्दै ‘गङ्गादेवी चौधरी स्मृति सम्मान’ पद्मावती सिंहलाई प्रदान गरिएको छ । पुरस्कारको राशि नगद रु एक लाख र कदरपत्र रहेको छ ।

sancharkarmiस्रष्टासम्मान रजत समारोहमा प्रमुख अतिथि शताव्दीपुरुष सत्यमोहन जोशीद्धारा कार्यक्रमको उद्घाटन गर्दै साथमा संस्थका अध्यक्ष विनोद चौधरी । तस्वीर : प्रदीपराज वन्त, रासस, काठमाडौं

यस्तै, साहित्यिक पत्रकार अच्युतरमण अधिकारीलाई लूनकरणदास–गङ्गादेवी चौधरी ‘सरस्वती गद्यसम्मान’, साहित्यकार मोदनाथ प्रश्रितलाई ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’, गीतकार गणेश रसिकलाई ‘नारायणगोपाल सङ्गीतसम्मान’बाट पुरस्कृत गरिएको छ । 

sancharkarmiस्रष्टासम्मान रजत समारोहमा प्रमुख अतिथि शताव्दीपुरुष सत्यमोहन जोशी संस्थाका अध्यक्ष विनोद चौधरीलागयत सम्मानितहरु । तस्वीर : प्रदीपराज वन्त, रासस, काठमाडौं

क्रमशः ‘अरनिको ललितकला सम्मान’ चित्रकार किरण मानन्धर, ‘बालकृष्ण रङ्गसम्मान’ नायिका भुवन चन्द, ‘नेपाल नवप्रतिभा सम्मान’ सृष्टि केसीलाई प्रदान गरिएको छ । यसै वर्षदेखि शुरु गरिएको ‘गोपालप्रसाद रिमाल सम्मान’ गीतकार दिनेश अधिकारीलाई पुरस्कृत गरिएको छ । ती सबै पुरस्कारको राशि नगद रु ५१ हजार छ ।

sancharkarmiस्रष्टासम्मान रजत समारोहमा सम्बोधन गर्दै संस्थाका अध्यक्ष विनोद चौधरी । तस्वीर : प्रदीपराज वन्त, रासस, काठमाडौं

पुरस्कार वितरण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले यसप्रकारको सम्मानले नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण प्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


sancharkarmiस्रष्टासम्मान रजत समारोहमा प्रमुख अतिथि शताव्दीपुरुष सत्यमोहन जोशीद्धारा गोपालप्रसाद रिमाल काव्यसम्मानद्धारा कवि तथा गीतकार दिनेश अधिकारीलाई सम्मानपत्र हस्तान्तरण गर्नुहुँदै । तस्वीर : प्रदीपराज वन्त, रासस, काठमाडौं

सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई भौतिक पूर्वाधार विकासले मात्र समृद्धि नहुने भन्दै कला, संस्कृतिको सम्बद्र्धन भएमा मात्र मुलुकको समृद्धिले सार्थकता पाउने उनले उल्लेख गरे ।

sancharkarmi.comस्रष्टासम्मान रजत समारोहमा प्रमुख अतिथि शताव्दीपुरुष सत्यमोहन जोशीद्धारा नारायण गोपाल सङ्गीत सम्मानद्धारा सङ्गीतकार गणेश रसिकलाई सम्मानपत्र हस्तान्तरण गर्नुहुँदै । तस्वीर : प्रदीपराज वन्त, रासस, काठमाडौं

पुरस्कृतको तर्फबाट गीतकार अधिकारीले कला, साहित्यको खोज, अनुसन्धान र समर्पणमा सम्मानले प्रेरणा जगाएको बताए ।

sancharkarmi.comस्रष्टासम्मान रजत समारोहमा प्रमुख अतिथि शताव्दीपुरुष सत्यमोहन जोशीद्धारा अरनिको ललितकला सम्मानद्धारा चित्रकार किरण मानन्धरलाई सम्मानपत्र हस्तान्तरण गर्नुहुँदै । तस्वीर : प्रदीपराज वन्त, रासस, काठमाडौं

संस्थाका अध्यक्ष वसन्त औधरी र उपाध्यक्ष एवं कलाकार हरिहर शर्माले स्रष्टा सम्मान मात्र नभई बौद्धिक जागरण अभिवृद्धिमा समेत विभिन्न अभियान चलाउँदै आएको बताए ।

sancharkarmiरजत समारोहमा प्रमुख अतिथि शताव्दीपुरुष सत्यमोहन जोशीद्धारा इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मानद्धारा साहित्यकार मोदनाथ प्रश्रितलाई सम्मानपत्र हस्तान्तरण गर्नुहुँदै । तस्वीर : प्रदीपराज वन्त, रासस, काठमाडौं

संस्थाले हरेक वर्ष कला, साहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्ट्रालाई विगत २५ वर्षदेखि सम्मान गर्दै आएको छ । सो अवसरमा संस्थामा २५ वर्ष सेवा गरेका राजकुमार अधिकारी, कृष्णप्रसाद दीक्षित र राजकुमार गौतमलाई नगद रु २५ हजारसहित दीर्घसेवा सम्मान गरिएको थियो । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा