मंगलबार, ७ जेठ, २०७६ Tuesday, 21 May, 2019

७५ वर्षीया वृद्धा तुथकली बस्नेतले पाइन् नागरिकता

सोही गाउँपालिका–२ साधेपानीमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरमा उनले सो प्रमाणपत्र बनाएकी हुन् ।
जुम्लाको गुठीचौर गाउँपालिका – २ साधेपानी स्थित एकिकृत घुम्ती सेवामा शनिबार ७५ बर्षीया तुथकली बस्नेतलाई पहिलो पटक नेपाली  नागरिकता हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे । तस्वीर : मानदत्त रावल, रासस, जुम्ला

जुम्ला  । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र  प्राप्त गरेकी छन् ।

सोही गाउँपालिका–२ साधेपानीमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरमा उनले सो प्रमाणपत्र बनाएकी हुन् ।

बृद्धा बस्नेतले २००१ वैशाख ७ मा जन्मेको भए पनि अहिलेसम्म नागरिकता बनाएकी थिइनन् । ग्रामीण भेगबाट सदरमुकाम खलङ्गा प्रशासनमा आउन कठिन भएकाले अहिलेसम्म नागरिकता प्राप्त गर्न नसकेको उनले बताइन् ।

त्यसैगरी, गुठीचौर गाउँपालिका–२ की चाउली बोहोराले ५३ वर्षको उमेर नागरिकता पाउँदा खुशी हुँदै भने, यहाँको मान्छेको सरदर आयु ६० वर्ष हो, नागरिकताको प्रमाणपत्र नपाउँदै  मर्छु कि भन्ने चिन्ता थियो, ५३ वर्षको उमेरमा आएर नागरिकता पाउँदा खुशी लागेको बताए ।

त्यसैगरी, सुत्केरी भएको दुई महीना पनि नपुगेकी सोही गाउँपालिका–२ की दिलमाया गिरीले पनि नागरिकता प्राप्त गरे ।

शिविरमा २० देखि ७५ वर्ष उमेर समूहका ४१ महिला र ५१ पुरुषलाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार यहाँका बासिन्दाले  सो प्रमाणपत्रको अभाबमा  राज्यबाट उपलब्ध गराउने  सेवा तथा सुविधाबाट बञ्चित हुन नपरोस् भनेर सेवाग्राहीको घरदैलोमा आएर नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।

आगामी दिनमा पनि स्थानीय तहसँग समन्वय गरेर जिल्लाका अन्य स्थानमा पनि एकीकृत घुम्ती सेवा सञ्चालन गरिने उनको भनाइ थियो । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा