मंगलबार, ७ जेठ, २०७६ Tuesday, 21 May, 2019

प्रेस स्वतन्त्रता हनन् हुनु हुँदैन : नेतृ कोइराला

कोइरालाले जनताका आवाज उठाउने पत्रकार संयमित भएर कलम चलाउनुपर्ने बताउँदै संविधान कार्यान्वयनको दिशामा देश अगाडि गइरहेका बेलामा सरकार साना तिना कुरामा अल्झेर बस्न नहुने धारणा व्यक्त गरिन् ।
फाइल फोटो वेब

विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता हनन्का घटना हुनु राम्रो होइन भनेकी छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आवाज बुलन्द पार्ने प्रेसको स्वतन्त्रतामाथि कुनै अङ्कुश लाग्नु हुँदैन भनिन् ।

केन्द्रीय सदस्य कोइरालाले जनताका आवाज उठाउने पत्रकार संयमित भएर कलम चलाउनुपर्ने बताउँदै संविधान कार्यान्वयनको दिशामा देश अगाडि गइरहेका बेलामा सरकार साना तिना कुरामा अल्झेर बस्न नहुने धारणा व्यक्त गरिन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा