सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

फराहमा रातभर झडप, ६ तालिबानी लडाकू मारिए

सो झडपमा परी तीन सरकारी सुरक्षा अधिकारीको मृत्यु भएको छ । यसैगरी यस झडपमा परी नौ आतङ्ककारी घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । 
प्रतिनिधिमुलक फाइल फोटो : एजेन्सी

काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा गएराति रातभर तालिबान लडाकू समूह र सुरक्षा अधिकारीबीच भएको झडपमा परी ६ आतङ्ककारी मारिएका छन्  । 
 
सो झडपमा परी तीन सरकारी सुरक्षा अधिकारीको मृत्यु भएको छ । यसैगरी यस झडपमा परी नौ आतङ्ककारी घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । 

फराह प्रान्तको प्रान्तीय शहर फराह सिटीको उत्तरी इलाकामा रहेको दुई ओटा गाउँमा रहेको प्रहरी चौकीमा उक्त झडप भएको थियो । सो आक्रमणको सुरक्षा अधिकारीहरुले गरेको जवाफी कारबाहीमा परी छ६ आतङ्ककारी मारिएका थिए  ।

राजधानी काबुलबाट करिब ६ सय ९५ किलोमिटर पश्चिममा रहेको फराह प्रान्तको उक्त इलाकामा सुरक्षाबल र तालिबान लडाकूबीच भारी झडप भएको थियो ।

गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी व्यक्तित्व र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानको ३४ ओटा प्रान्तमध्ये २५ ओटामा अझै तालिबान आतङ्ककारी समूह र सुरक्षा अधिकारीबीच झडप जारी रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा