सोमबार, ६ असोज, २०७६ Monday, 23 September, 2019

एभिन्यूज टेलिभिजनको वीरगञ्ज कार्यालयमा तोडफोड

वीरगञ्ज महानगरपालिका–११ नेशनल  ट्रेडिङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा छ÷सात जनाको सङ्ख्यामा गएका युवाको समूहले तोडफोड गरेका हुन् ।
वीरगन्ज महानगरपालिकाको नेशनल टे«डिङ्ग चोकनजिकै रहेको एभी न्युज कार्यालयमा सोमबार युवाहरुको एक समूहले तोडफोड गरेपछि घटनावारे अनुसन्धन गर्दै सुरक्षाकर्मीहरु । तस्वीर : विजय कुमार महतो, रासस, पर्सा ।

वीरगञ्ज । वीरगञ्जमा रहको एभिन्यूज टेलिभिजनको कार्यालयमा आज युवाको एक समूहले तोडफोड गरेका छन् ।

वीरगञ्ज महानगरपालिका–११ नेशनल  ट्रेडिङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा छ÷सात जनाको सङ्ख्यामा गएका युवाको समूहले तोडफोड गरेका हुन् ।

मुख ढाकेर आएका युवाले गरेको आक्रमणमा कार्यालयको गेटको सिसा, ब्यानरलगायतमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । तोडफोड गर्नेमध्येका केही युवाको पहिचान भएको र उनीहरुको खोजी भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले टेलिभिजन कार्यालयमा जडान भएको सिसी टिभीमा देखिएको तस्बीरको छानबिन भइरहेको र चाँडै घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

सो घटनाको नेपाल पत्रकार महसङ्घ प्रदेश नं २ र पर्सा शाखाले आजै विज्ञप्ति प्रकाशित गरी भत्र्सना गरेको छ । साथै घटनामा संलग्नलाई कारवाहीको माग गरिएको छ । अन्तरवार्ताको विषयलाई लिएर भएको सो आक्रमणको भत्र्सना गर्दै महसङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले संलग्नलाई कारवाहीको माग गरेका छन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा