बेरोजगारीलाई रोजगारी : कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)

स्थानीय तहले आयोजनामा खर्च हुने रकमको ७० प्रतिशत रकम ज्यालाबापत युवालाई भुक्तानी गर्न सक्नेछन् ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ससर्त अनुदान पठाएको छ ।

उक्त अनुदानबाट स्थानीय तहले आफ्नो क्षेत्रमा बेरोजारका रुपमा दर्ता भएका युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्युनतम् १ महिनाको रोजगारी दिनुपर्नेछ । 

रोजगारी सिर्जनाका लागि एउटा स्थानीय तहले एउटा विकास आयोजनामा अधिकतम् ५ लाखसम्म खर्च गर्न पाउनेछन् । श्रमिक समूहबाट काम हुने आयोजनामा स्थानीय तहले अधिकतम् एक लाख रुपैयाँसम्म ज्यालाबापत खर्चिन पाइने व्यवस्था छ ।

स्थानीय तहले आयोजनामा खर्च हुने रकमको ७० प्रतिशत रकम ज्यालाबापत युवालाई भुक्तानी गर्न सक्नेछन् । आफ्ना स्वीकृत कार्यक्रममध्येबाट ५ लाखसम्मका साना आयोजनामा युवा परिचालन गर्न सकिने व्यवस्था छ ।

स्थानीय तहले अनुदान रकम आउँदो असार मसान्तभित्र खर्च गरिसक्नुपर्ने छ । 

कुन स्थानीय तहमा कति अनुदान पाए ?

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा