बिहीबार, २ श्रावण, २०७६ Thursday, 18 July, 2019

श्रीमतीको हत्या गर्ने बुढाक्षेत्री कारागार चलान 

नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरकी स्वस्तिका लिम्बूको हत्या आरोपमा पक्राउ परेका बुढाक्षेत्रीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

काठमाडौं । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका नेपालगञ्जका मुकेश बुढाक्षेत्री पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरकी स्वस्तिका लिम्बूको हत्या आरोपमा पक्राउ परेका बुढाक्षेत्रीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधीश अनिलकुमार शर्माको एकल इजलासले स्वस्तिकाको पति बुढाक्षेत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अधिवक्ता लोकबहादुर शाहले जानकारी दिए । गत वैशाख १ गते १९ वर्षीया स्वस्तिकाले आत्महत्या गरेको परिवारले बताए पनि माइतीपक्षले ज्वाइँ बुढाक्षेत्रीले हत्या गरेको भन्दै आन्दोलन गर्दै आएको थियो । 

नेपालगञ्ज–२० राँझा माइती भएकी स्वस्तिकाको छ महीना अघिमात्र विवाह भएको स्थानीय छिमेकी उषा थापाले बताइन् । स्वस्तिकाको आत्महत्या नभई हत्या भएकाले न्यायका लागि माइतीपक्षले निरन्तर माग गर्दै आएको उहाँले जानकारी दिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा