सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

चन्द्रमामा कम्पन ! खुम्चिदै चन्द्रमाको उत्तरी ध्रुव

नासाका वैज्ञानिकहरुले करिब १२ हजार तस्बिरको अध्ययन गर्दा पृथ्वीको एकमात्र चन्द्रमामा हुने कम्पनका कारण चन्द्रसतह खुम्चिदै गएको तथ्य फेला परेको हो ।

वासिङ्टन । चन्द्रमामा हुने कम्पनका कारण चन्द्रसतह खुम्चिदै गएको तथ्य फेला परेको छ ।

नासाका वैज्ञानिकहरुले करिब १२ हजार तस्बिरको अध्ययन गर्दा चन्द्रमामा हुने कम्पनका कारण चन्द्रसतह खुम्चिदै गएको तथ्य फेला परेको हो ।

नासाले यसलाई ‘चन्द्रकम्प’ नाम दिएको छ । नासाको ‘लुनर रीकानिसेंस आर्बिटर’ले लिएको तस्बिरको अध्ययनको रिपोर्ट सोमबार सार्वजनिक गरिएको छ । रिपोर्ट अनुसार कम्पनका कारण खुम्चिदै जाँदा चन्द्रमाको सहतमा पृथ्वीबाट देखिने मानिसको जस्तो तस्बिर पनि मेटिदैं गएको छ ।

नासाले १२ हजारभन्दा बढि तस्बिरको विश्लेषण गर्दा चन्द्रमाको उत्तरी ध्रुवबाट दरार पैदा हुँदै गएको देखिएको बताएको छ । अध्ययन अनुसार उत्तरी धुव्रको सतह आफ्नो ठाउँ छोड्दै सरिरहेको रिर्पाटमा उल्लेख छ ।

नासाका अनुसार पृथ्वीमा जस्तो चन्द्रमामा कुनै टैक्टोनिक प्लेट छैन् । तथापी टैक्टोनिक प्लेटले जस्तो सतहमा प्रभाव परेपछि वैज्ञानिक हैरान परेका छन् । वैज्ञानिकहरुले चन्द्रमाको सतहमा भएको यस्तो गतिविधिलाई उर्जा सकिदैं गएको कारण यस्तो भएको हुनसक्ने बताएका छन् । जसको कारण चन्द्रमाको सतहमा दरार पैदा हुँदै जाँदा चन्द्रकम्पहरु उत्पन्न हुन सक्ने बताइएको छ ।

वैज्ञानिकहरुले करिब लाख वर्षमा १५० फिट (५०) मिटर जति सतह खुम्चिएको बताएका छन् । युनिभर्सिर्टी अफ मेरी लैण्डका भूगर्भ वैज्ञानिक निकोलस चेमरले लाखौं वर्ष पहिले भएको जस्तो गतिविधि चन्द्रमाको सतहमा अहिले भइरहेको बताएका छन् । एजेन्सी

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा