सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

बेयरस्ट्रोको शतकले पाकिस्तान पराजित

बेयरस्ट्रोले व्यक्तिगत १२८ रन बनाएका थिए । यो जितसँगै पाँच खेलको यस शृंखलामा इङल्यान्ड २–० ले अघि छ ।
फाेटाे : एजेन्सी

ब्रिस्टोल । जोनी बेयरस्ट्रोको शतकको मद्दतले तेस्रो एकदिवशीय क्रिकेट प्रतिस्पर्धामा इङल्यान्डले पाकिस्तानलाई मङ्गलबार ६ विकेटले पराजित गरेको छ ।

विश्वकप क्रिकेटको आयोजक इङल्यान्डको उक्त विजयले इङल्यान्ड टिमको मनोबल पनि उच्च भएको छ ।

बेयरस्ट्रोले व्यक्तिगत १२८ रन बनाएका थिए । यो जितसँगै पाँच खेलको यस शृंखलामा इङल्यान्ड २–० ले अघि छ । इङल्यान्डका कप्तान इयोन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका थिए । 

पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले नौ विकेटको क्षतिमा ३५८ रनको उच्च स्कोर खडा गरेको थियो । पाकिस्तानका लागि इमाम उल हकले व्यक्तिगत १५१ रनको योगदान गरेका थिए । एजेन्सी

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा