मंगलबार, ७ जेठ, २०७६ Tuesday, 21 May, 2019

उत्पादन कम भएपछि लिचीको मूल्य अकासियो

गत वर्ष रु ५०/६० सयकडा पाइने लिचीको मूल्य यसपटक बजारमा आउना साथ रु २५० सयकडामा पुगेको छ भने अन्य शहरी लिचीको मूल्य पनि निकै महँगो रहेको उपभोक्ता बताउँछन् ।

सिरहा । सिरहामा यस वर्ष लिचीको उत्पादन कम भएकाले बजारमा लिचीको मूल्य अकासिएको छ ।

गत वर्ष रु ५०/६० सयकडा पाइने लिचीको मूल्य यसपटक बजारमा आउना साथ रु २५० सयकडामा पुगेको छ भने अन्य शहरी लिचीको मूल्य पनि निकै महँगो रहेको उपभोक्ता बताउँछन् ।

विगतभन्दा यस वर्ष लिची महँगो रहेको र सिरहाको लहानमा पर्याप्त मात्रामा भेटिने लिची यस वर्ष सीमित मात्रै भेटिने गरेकाले व्यापारी आफूखुशी ढङ्गले मूल्य लिने गरेको उपभोक्ताले गुनासोसमेत गर्न थालेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशत पनि लिचीको उत्पादन नभएकाले प्रारम्भमै लिचीको मूल्य चुलिएको भनाइ कृषि विकास कार्यालयको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा