मंगलबार, ७ जेठ, २०७६ Tuesday, 21 May, 2019

जुम्लाका बेरोजगार युवाले पाए सुरक्षागार्ड तालीम

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाका प्रमुख नारायण चौलागाईंका अनुसार १८ देखि ४० वर्षउमेर समूहका बेरोजगार युवालाई लक्षित गरी विभिन्न सीपमूलक तालीमको आयोजना गरिएको छ ।

जुम्ला । जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने उद्देश्यले सुरक्षा तालीम सुरु गरिएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधबारदेखि सुरक्षागार्डसम्बन्धी एकमहीने तालीम सुरु भएको हो ।

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाका प्रमुख नारायण चौलागाईंका अनुसार १८ देखि ४० वर्षउमेर समूहका बेरोजगार युवालाई लक्षित गरी विभिन्न सीपमूलक तालीमको आयोजना गरिएको छ ।

चन्दनाथ नगरपालिका–४ का वडाध्यक्ष जगदीश चौलागाईंले राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै जुम्लामा विभिन्न उद्योग, वित्तीय संस्था र कलकारखाना स्थापना हुने क्रम बढिरहेको उल्लेख गर्दै त्यसको सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षागार्ड उत्पादनका लागि यो तालीमको आयोजना गरिएको बताए ।

सो तालीममा पाँच महिलासहित २० जना युवाको सहभागिता रहेको छ । रासस 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा