शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

राससको समाचार अन्य सञ्चारमाध्यमभन्दा फरक हुनुपर्छ : मन्त्री बाँस्कोटा

राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उनले पत्रकारले दलका नेताका भाषणभन्दा  जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय समाचार समिति (रासस) दाङ कार्यालयको अवलोकन तथा निरीक्षणको क्रममा शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई स्वागत गर्दै राष्ट्रियसभाका सदस्य कोमल वली र कार्यालय प्रमुख नारायणी रजौरे । तस्वीर : बालाराम खड्का

तुलसीपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उनले पत्रकारले दलका नेताका भाषणभन्दा  जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिए ।

उनले राष्ट्रिय समाचार समिति र गोरखापत्रमा दिइने सामाचार विश्वसनीय र फरक कोणका हुनुपर्ने बताउँदै भने, “राससमा आउने समाचार अन्य सञ्चारमाध्यमभन्दा फरक हुनुपर्छ, खोजीमूलक समाचारमा तपाईँहरुले जोड दिनुहोस् ।”

सो अवसरमा रासस दाङका प्रमुख नारायणी रजौरेले कार्यालयमा पत्रकारलाई सहजताका लागि सूचना केन्द्र सञ्चालनका लागि स्थानीय तहसँग आवश्यक सहयोग मागिएको जानकारी दिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा