सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

काठमाडौं बारको अध्यक्षमा अधिवक्ता आरसी गौतमको उम्मेदवारी घोषणा

काठमाडौ बारको निर्वाचनले केन्द्रिय बारको निर्वाचनलाई समेत प्रभाव पार्ने भएकोले यस निर्वाचनको परिणामलाई महत्वपुर्ण रहने उम्मेदवार गौतम बताउँछन् ।

काठमाडौं । अधिवक्ता रामचन्द्र (आरसी) गौतमले काठमाडौं जिल्ला बार इकाइको अध्यक्ष पदको लागि उम्मेदवारीको घोषणा गरेका छन् ।

डिलए निकट कानुन व्यवसायीहरुको शनिबारको भेलामा काठमाडौं जिल्ला बार इकाइको अध्यक्ष पदको लागि अधिवक्ता गौतमले उम्मेदवारीको घोषणा गरेका हुन् ।

काठमाडौ बारको निर्वाचनले केन्द्रिय बारको निर्वाचनलाई समेत प्रभाव पार्ने भएकोले यस निर्वाचनको परिणामलाई महत्वका साथ हेरिने उम्मेदवार गौतम बताउँछन् । युवा कानुन व्यवसायीमाझ लोकप्रिय रहेका अधिवक्ता गौतमले कानुनशास्त्रमा एलएल एमसम्मको अध्ययन गरेका छन् । उनी विभिन्न क्याम्पसहरुमा कानुन विषयको अध्यापन गराउँदै आएका छन् ।

कानुन व्यवसायलाई समाजले हेर्ने भ्रामक दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताउँदै उनले स्वतन्त्र र सक्षम न्यायापालिकाको वकालत गर्ने सम्पूर्ण कानुन व्यवसायीको प्रतिनिधित्व गर्ने बताए ।

नेपालकै सबैभन्दा धेरै कानुन व्यवसायीहरु आबद्ध रहेको काठमाडौं जिल्ला बार इकाईमा आगामी असार १४ गते निर्वाचन हुँदैछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा