मंगलबार, ३ असार, २०७६ Tuesday, 18 June, 2019

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा निर्वाचित

अध्यक्ष राणाले ३३३ मत प्राप्त गरेका थिए भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गरेका थिए ।
फोटो : भावी शर्मा/फेसबुक

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन् ।

परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित भएका हुन् ।

अध्यक्ष राणाले ३३३ मत प्राप्त गरेका थिए भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गरेका थिए । यस्तै, उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भवीश्वर शर्मा र गीता गुरुङ निर्वाचित भएका छन् । महासचिव पनि राणा समूहकै धुव्र अधिकारी निर्वाचित हुनुभएको छ । सचिव र कोषाध्यक्षमा  प्रधान समूहका बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु निर्वाचित भएका छन् ।

यस्तै, सदस्यमा राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष राणाले रासससँग कुरा गर्दै ठमेललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफू लागिपर्ने बताए । “ठमेलका स्थानीय बासिन्दा र व्यवसायीको सम्बन्धलाई थप प्रगाढ बनाउन मेरो कार्यसमिति लाग्नेछ”, उनले भने । उनले स्थानीय सरकारको समन्वयमा नमूना ठमेल निर्माणका लागि आफू लाग्ने उल्लेख गरे । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा